२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समितिमा थपिए २२ महिला सदस्य



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा २२ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबारदेखि काठमाडौँमा जारी केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको हो ।

थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए ।

यसअघि बुधबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । यससँगै अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ।