२० श्रावण २०८३, बुधबार
,
Latest
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु



अ+ अ-

जनकपुरधाम। जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । रासस