१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद



अ+ अ-

काठमाडाैँ । चितवन जिल्लाका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ ।

जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो ।

उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो । पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ ।