२० श्रावण २०८३, बुधबार
,
Latest
हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै थापाथली क्याम्पसमा विद्यार्थीको प्रदर्शन



अ+ अ-

काठमाडौँ । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

शुक्रवार स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले इन्जिनियरिङ पढाईको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको बिरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । त्यस्तै, थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् ।

उनीहरुले शिक्षामै राजनीति, देशको बेइज्जती, टियु युनिभर्सिटी रोज्ने की टियु एयरपोर्ट, सरकारले झुटो आश, ठूलो निराश देखायो, सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा, एक सय ४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने की नपढ्ने ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।