२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ करोड राजस्व सङ्कलन



अ+ अ-

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछ्र्यौट गरेको छ ।

सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिनुभएको हो ।

गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड २४ लाख १२ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो ।

यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै रु २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० राजस्व भएको जनाइएको छ ।

यस्तै नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ७४ व्यक्ति र तीन सय ३३ नदीजन्य पदार्थ उत्खनन गर्ने तथा ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु ३९ लाख २८ हजार पाँच सय ३५ राजस्व सङ्कलन भएको, अवैध काठ चोरी निकासी गर्ने ३८ व्यक्ति पक्राउ गरी पाँच हजार नौ सय ६१ क्यूफिट काठ बरामद गरी रु एक करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

ट्राफिक व्यवस्थापन तर्फ सोही वर्षमा ट्राफिक नियम उल्ङ्घन गर्ने तीन लाख एक हजार सात सय ४९ सवारी साधनलाई कारबाही गर्दा रु २३ करोड ४८ लाख ६६ हजार राजस्व सङ्कलन भएको तथा लागुऔषध नियन्त्रण तर्फ गाँजा पाँच हजार आठ सय १५ किलो, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर दुई किलो ७९ ग्राम आठ सय ४९ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सलु २७ हजार छ सय १८, मनोद्धिपक एम्पुल १० हजार एक सय ७५ र मनोद्धिपक औषधि तीन सय १७ क्याप्सुल नियन्त्रण गरिएको तथा एक हजार सात सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको छ लाख ७५ हजार तीन सय १४ बोट गाँजा नष्ट गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले गएकै वर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशभरी विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिई १० लाख ३१ हजार तीन सय ५१ जना लाभान्वित भएको जनाउनुभयो । रासस