• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित ★   उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङदेन ★   टी–२० विश्वकप: सुपर आठ खेल्ने ७ टोलीको टुंगो, यस्तो छ तालिका ★   चुरे दिवस: कसले सुन्ला चुरेका कुरा ? ★   “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रतिनिधि सभामा प्रश्तुत ★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ ★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा छ सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई सय रुपैँयाले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले घटेर एक लाख १२ हजार दुई रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोलामा एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजाबी सुन तोलामा एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।