• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा छ सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई सय रुपैँयाले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले घटेर एक लाख १२ हजार दुई रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोलामा एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजाबी सुन तोलामा एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।