२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने



अ+ अ-

काठमाडौँ । नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियाली प्रतिष्पर्धा हुन लागेको हो ।

गत वर्ष भने नेपालले एशिया यु–१८ महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता आयोजना गरेको थियो । पछिल्लो समय विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेसँगै नेपालले यु–२० को प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिता आगामी भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल रग्बी संघले जनाएको छ । एशियन यु–२० रग्बी सेभेन्स प्रतियोगितामा भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ, उज्वेकिस्तान र नेपाल गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् ।

यद्यपि, पुरुषतर्फ सात राष्ट्रको चुनौती रहँदा महिलामा भने तीन राष्ट्र आयोजक नेपाल, थाइल्याण्ड र मलेसियाको मात्र सहभागिता रहनेछ नेपाल रग्बी संघले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि करिव ७२ लाख रुपैया खर्च हुने संघको अनुमान छ । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछ । एशिया रग्बीको सदस्यता प्राप्त गरेका ३५ राष्ट्रका रग्बी संघहरुले यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नेछन् । प्रतियोगिताका लागि नेपाली यु–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ ।

श्रीलंकन प्रशिक्षक सेन वेजेसिंघेले गत असार १५ गतेबाट दिइरहेको उक्त प्रशिक्षण निकै प्रभावकारी रहेकाले टोलीले राम्रो नतिजा ल्याउने विश्वस्त रहेको नेपाल रग्बी संघले बताएको छ । हाल महिला र पुरुषतर्फ समान २० खेलाडी पोखरामा हाई पर्पmमेन्स प्रशिक्षणमा छन् । उनीहरूमध्ये अन्तिम १५ टोलीले आगामी प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछ ।