• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो ★   एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक ★   केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य ★   रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा ★   सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली ★   अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी ★   नेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा ★   निर्वाचन आयोगबाट राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक ★   राहुल द्रविडले मुख्य प्रशिक्षकको सम्झौताबारे भने – मैले अहिलेसम्म हस्ताक्षर गरेको छैन ★   सिनेमाघर एपमा रिलिज भयो खगेन्द्रको चलचित्र ‘पानीफोटो’ विश्वभरबाट हेर्न सकिने

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो । न्यायाधीश फुयाँलको एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दा माथी सुनुवाई हुन लागेको हो । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा बिभिन्न संवैधानिक निकायमा भएका नियुक्तिको प्रक्रिया नपुगेको दाबी गर्दै खारेज गर्न माग गरिएको छ ।  

संवैधानिक परिषदको त्तकालीन बैठकले बिभिन्न निकायमा नियुक्ति गरेको थियो  तर त्यस बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागी हुनु भएको थियो भने सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित रहनु भएको थियो ।

पार्टी भित्रको कलहका कारण सबैधानिक परिषद्को बैठक प्रभाबित भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत संवैधानिक परिषद्को कार्यबिधी परिमार्जन गर्नुभएको थियो ।