२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो । न्यायाधीश फुयाँलको एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दा माथी सुनुवाई हुन लागेको हो । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा बिभिन्न संवैधानिक निकायमा भएका नियुक्तिको प्रक्रिया नपुगेको दाबी गर्दै खारेज गर्न माग गरिएको छ ।  

संवैधानिक परिषदको त्तकालीन बैठकले बिभिन्न निकायमा नियुक्ति गरेको थियो  तर त्यस बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागी हुनु भएको थियो भने सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित रहनु भएको थियो ।

पार्टी भित्रको कलहका कारण सबैधानिक परिषद्को बैठक प्रभाबित भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत संवैधानिक परिषद्को कार्यबिधी परिमार्जन गर्नुभएको थियो ।