११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्य विवरण दिएको हो ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । खाना पकाउने ग्याँसको मुल्य भने घटेर आएको निगमले जनाएको छ ।

आइओसीले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोलमा करिब सँवा ८ रुपैयाँ, डिजेलमा करिब ७ रुपैयाँ, मट्टितेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय रुपैयाँले घटेर आएको छ ।

आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ । केहि समयअघि मात्रै सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित प्रणाली लागू गरेको छ । उक्त स्वचालित प्रणाली अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्वत: बढ्नेछ ।