२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्य विवरण दिएको हो ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । खाना पकाउने ग्याँसको मुल्य भने घटेर आएको निगमले जनाएको छ ।

आइओसीले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोलमा करिब सँवा ८ रुपैयाँ, डिजेलमा करिब ७ रुपैयाँ, मट्टितेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय रुपैयाँले घटेर आएको छ ।

आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ । केहि समयअघि मात्रै सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित प्रणाली लागू गरेको छ । उक्त स्वचालित प्रणाली अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्वत: बढ्नेछ ।