२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनीको ‘शो’को नाममा ९ करोड ठगी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनी, नोरा फतेही, अभिनेता टाइगर श्राफ, गायक गुरु रन्धावाजस्ता फिल्म स्टारलाई लाइभ कन्सर्ट गर्ने नाममा ९ करोड रुपैयाँ ठगी गरिएको छ ।

अनलाइन टिकट बेचेर ठगी गर्ने फाइनान्सर र तीन आयोजक ९ महिनापछि एसटीएफको पक्राउमा परेका छन् । लखनउको एकना स्टेडियममा लाइभ कन्सर्ट कार्यक्रम आयोजना गर्ने बहानामा यो ठगी गरिएको हो ।

पक्राउ परेका आयोजकले २०२२ को मे महिनामा श्री सुविधा फाउण्डेसनको शो आयोजना गर्ने नाममा बुक माई शोको टिकट समेत बिक्री गरेका थिए । कार्यक्रमको एक–दुई दिनअघि आयोजकले फोन बन्द गरेर भागेका थिए ।

उनीहरु विरुद्ध लखनउको गोमती नगर विस्तार प्रहरी स्टेशनमा तीनवटा मुद्दा दर्ता गरिएको थियो । लखनउमा ठगी गर्ने यो तरिका देखेर प्रहरी पनि छक्क परे ।

यूपी एसटीएफले जयन्ती डेरा वालिया, विराज त्रिवेदी र समीर शर्मालाई पक्राउ गरेको छ । आइतबार उनीहरुलाई ट्रान्जिट रिमाण्डमा लखनउ ल्याएर सोधपुछ भइरहेको छ ।

बुकिङ फाइनल भएपछि, स्टेडियमका प्रबन्धक गौरवले अमित च्यारिटी शोका लागि स्टार बुकिङ गर्थे । स्टार तय भएपछि शोको मिति मे २०२२ मा राखिएको थियो । यससँगै लगानीकर्तालाई एक करोडको फाइनान्सको डेढ करोड फिर्ता गर्ने प्रलोभन दिइएको थियो । त्यसपछि करिब ५ करोड रुपैयाँ सुविधा फाउन्डेसनमा लगानी गरे ।