९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनीको ‘शो’को नाममा ९ करोड ठगी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनी, नोरा फतेही, अभिनेता टाइगर श्राफ, गायक गुरु रन्धावाजस्ता फिल्म स्टारलाई लाइभ कन्सर्ट गर्ने नाममा ९ करोड रुपैयाँ ठगी गरिएको छ ।

अनलाइन टिकट बेचेर ठगी गर्ने फाइनान्सर र तीन आयोजक ९ महिनापछि एसटीएफको पक्राउमा परेका छन् । लखनउको एकना स्टेडियममा लाइभ कन्सर्ट कार्यक्रम आयोजना गर्ने बहानामा यो ठगी गरिएको हो ।

पक्राउ परेका आयोजकले २०२२ को मे महिनामा श्री सुविधा फाउण्डेसनको शो आयोजना गर्ने नाममा बुक माई शोको टिकट समेत बिक्री गरेका थिए । कार्यक्रमको एक–दुई दिनअघि आयोजकले फोन बन्द गरेर भागेका थिए ।

उनीहरु विरुद्ध लखनउको गोमती नगर विस्तार प्रहरी स्टेशनमा तीनवटा मुद्दा दर्ता गरिएको थियो । लखनउमा ठगी गर्ने यो तरिका देखेर प्रहरी पनि छक्क परे ।

यूपी एसटीएफले जयन्ती डेरा वालिया, विराज त्रिवेदी र समीर शर्मालाई पक्राउ गरेको छ । आइतबार उनीहरुलाई ट्रान्जिट रिमाण्डमा लखनउ ल्याएर सोधपुछ भइरहेको छ ।

बुकिङ फाइनल भएपछि, स्टेडियमका प्रबन्धक गौरवले अमित च्यारिटी शोका लागि स्टार बुकिङ गर्थे । स्टार तय भएपछि शोको मिति मे २०२२ मा राखिएको थियो । यससँगै लगानीकर्तालाई एक करोडको फाइनान्सको डेढ करोड फिर्ता गर्ने प्रलोभन दिइएको थियो । त्यसपछि करिब ५ करोड रुपैयाँ सुविधा फाउन्डेसनमा लगानी गरे ।