५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले कति मानिसले भिटमिन ‘बी’ र ‘सि’ को चक्की किनेर खाईरहेका छन् , के यो जरुरी छ ?



अ+ अ-

काठमाडौं । बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, 'भिटामिनहरुको झोल र चक्की किनेर खानु पैसाको बर्बादी गर्नु मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन।'

करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, 'भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन्। यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्त्व पुग्दैन भने कुरा भन्छन्। यो गलत तथ्य हो।' 

औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बार भन्दा मानिसहरूले विश्वास गर्छन् । जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, 'अब यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नै पर्छ।'

भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले चाहिँ पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन्। किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा। तर अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ। त्यति मात्र होइन, तुलनात्मक हिसाबले सबैभन्दा धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ। 

नेपालमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सिसी देखिन्छन्। त्यसैगरी भोक बढाउने, खाना पचाउँने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौं। तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुंगो भने पर्याप्त खानैपर्छ।

आइरन चक्की र भिटामिन 'बी' का चक्कीको सट्टा दाल, भात, गन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ। 'भोजन नै औषधि हो' भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन। 

क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ। ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो। एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ। ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो। ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पुर्‍याउँछ।