२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गराउन महानगरको माइकिङ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन सोमबारसम्म खाली गराउन निर्देशन दिएको छ ।

महानगरका कर्मचारीहरुले आज माइकिङ गरेर कार्यालय भवन खालि गर्न भनेका हुन् ।

राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले महानगरले भवन खालि गर्न मात्र भनेको तर के कारणले भवन खालि गर्नुपर्ने बारेमा नखुलाएको बताए ।‘उहाँहरुले माइकिङ गर्नुभएको थियो, तर लिखितरुपमा केही पनि दिनुभएको छैन । हामीले के कति कारणले खाली गर्नुपर्ने लिखित मागेका छौँ ।’, उनले भने,’ हाम्रै वरिपरी धेरै घरहरु हाइटेन्सनमुनि छन्, तर किन हो हाम्रोमा मात्रै माइकिङ गरेर जानुभयो ।’

अधिकारीले हाइटेन्सनमुनि थुप्रै घरहरु रहेकाले यहि कारणले राप्रपाको मात्रै भवन खाली गराउने कुरा उपयुक्त नरहेको बताए ।