१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद



अ+ अ-

झापा। झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

वशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले आज बिहान स्थानीय कोपिला तामाङको भान्छा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भन्सार छली भण्डारण गरी राखिएका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार तामाङको भान्छा घरबाट २० बोरा र १० कार्टुन सामान नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार विभिन्न प्रकारका कपडा, मोटरका पाट्र्स र इलेक्ट्रोनिक्स सामान गरी कूल रु २४ लाख ९९ हजार ८१० को सामान बरामद गरिएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । रासस