२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गराउन महानगरको माइकिङ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन सोमबारसम्म खाली गराउन निर्देशन दिएको छ ।

महानगरका कर्मचारीहरुले आज माइकिङ गरेर कार्यालय भवन खालि गर्न भनेका हुन् ।

राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले महानगरले भवन खालि गर्न मात्र भनेको तर के कारणले भवन खालि गर्नुपर्ने बारेमा नखुलाएको बताए ।‘उहाँहरुले माइकिङ गर्नुभएको थियो, तर लिखितरुपमा केही पनि दिनुभएको छैन । हामीले के कति कारणले खाली गर्नुपर्ने लिखित मागेका छौँ ।’, उनले भने,’ हाम्रै वरिपरी धेरै घरहरु हाइटेन्सनमुनि छन्, तर किन हो हाम्रोमा मात्रै माइकिङ गरेर जानुभयो ।’

अधिकारीले हाइटेन्सनमुनि थुप्रै घरहरु रहेकाले यहि कारणले राप्रपाको मात्रै भवन खाली गराउने कुरा उपयुक्त नरहेको बताए ।