२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

असार २९/३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौतको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका बारेमा पार्टीका दृष्टिकोण कार्यकताहरुलाई स्पष्ट पार्ने निर्णय भएको बताउनु भयो ।

उहाँले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८,१९ गते पोलिटब्युरो र २०,२१ गते केन्द्रिय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताउनु भयो ।

बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै धनको सुरक्षा गर्न र राहत, उद्धार तथा पुनः स्थापनाका लागि पूर्वतयारीका साथ लाग्न सरकारसँग आह्वान गरेको छ । त्यस्तै देशभर पशुमा देखिएको लम्पी स्किन रोगबाट भएको क्षतिको राहत व्यवस्था गर्न माग गरेको छ । बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ ।