९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छः कावा प्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गर्नुभयो ।

कावा प्रधानमन्त्री खड्काले भन्नुभयो, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गर्नुभएको उहाँले बताउनुभयो । “परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो”, कावा प्रधानमन्त्री खड्काले भन्नुभयो ।

तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उहाँकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नुभएको कार्य प्रेरणाको स्रोत भएको बताउनुभयो ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उहाँले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाउनुभयो ।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गर्नुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताउनुभयो । “दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो”, कावा प्रधानमन्त्रीले भन्नुभयो ।

भीमसेन थापाको सच्चा सम्मानका लागि उहाँले देखेका सपना पूरा गर्न सकेन र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रुपान्तरणका पक्षमा अहोरात्र खटियौँ भने मात्र उहाँप्रति सच्च श्रद्धाञ्जलि हुने कावा प्रधानमन्त्री खड्काले थापाको धारणा थियोे ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार एक सय ११ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिभेश्वरप्रसाद तिमिल्सिना, सम्मानित संस्था केन्द्रका संस्थापक डा महावीर पुन, प्रतिष्ठानका सचिव लक्ष्मण थापालगायतले भीमसेन थापाको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस




भर्खरै