२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इन्डियन २’ को डिजिटल अधिकार २०० करोडमा बिक्यो



अ+ अ-

एजेन्सी । ‘विक्रम’ को सफलतापछि साउथ सुपरस्टार कमल हसनको करियर एकपटक फेरि उकालो लागेको छ ।

कमल हालै प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ को टिममा सामेल भएका छ न्। यसबाहेक उनी शंकरको निर्देशनमा बन्ने फिल्म ‘इन्डियन २’ मा पनि देखिनेछन् ।

यस फिल्मसँग सम्बन्धित पछिल्लो अपडेट यो हो कि नेटफ्लिक्सले यसको डिजिटल अधिकार लगभग २०० करोड रुपैयाँमा खरिद गरेको छ । यी अधिकारहरू सबै भाषाहरूको हो ।

फिल्मसँग सम्बन्धित स्रोतले ई टाइम्सलाई भन्यो, ‘शंकरले इन्डियन २ मा उत्कृष्ट काम गरेका छन् । फिल्मको केही अंश हेरेकाहरु नतिजाबाट निकै खुसी छन् ।’

रिपोर्टमा विश्वास गर्ने हो भने यो फिल्मको पहिलो भाग जहाँ समाप्त भएको थियो त्यहीँबाट सुरु हुनेछ । यसको मतलब इन्डियन २ मा कमलको क्यारेक्टर ९० वर्षको बृद्धको हुनेछ ।

फिल्ममा कमललाई यो लुक दिन मेकअप आर्टिस्टले निकै मिहिनेत गरेका छन् । यसका लागि कमललाई मेकअप गर्न ४ घण्टा लागेको थियो भने त्यसलाई हटाउन दुई घण्टा लागेको थियो ।

‘इन्डियन २’ सन् १९९६ मा रिलिज भएको कमलको आफ्नै फिल्म ‘हिन्दुस्तानी’ (इन्डियन) को सिक्वेल हो । फिल्मको सिक्वेलमा निर्देशक शंकरको कामबाट कमल यति खुसी छन् कि उनले निर्देशकलाई जुनमा ८ लाख रुपैयाँको घडी उपहार दिएका थिए ।