३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीहरुलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छुः धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताउनुभएको छ ।

उहाँले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रश्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताउनु भयो । उहाँले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भएपनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता जनाउनु भयो । उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताउनु भयो । उहाँले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकको सन्दर्भमा कुरा उठेको छ । संसदमा पनि जोडदार ढंगबाट नै उठेको थियो । धारा ६४ को सन्दर्भमा निकै जोडदार ढंगबाट कुरा उठ्यो । चामलको बोरा लिएर गइसकेपछि चामलको बोरा फुकाउँदा चामलको बोराभित्र चामलमात्रै हुन्छ भनेर भनिदिन भएन । हाम्रो उद्देश्य चामल मात्रै होस् भन्ने हो, तर चामलको बोरा फुकाउँदा दुई चार वटा बियाँहरु पनि हुन्छन् । अलिअलि भुस पनि हुन्छ । त्यसैले स्वाट्टै तालमा खन्याएर पकाउन मिल्दैन ।

यत्ति कुरा त बुझिदिनप¥यो नि त । फेरि नाङ्लोमा हालेर निफन्ने, छान्ने, केलाउने गरेर भुसलाई फाल्नुपर्छ । चामलमात्रै राख्छौँ । त्यसपछि बल्ल पकाउन ताउलोमा राख्छाँै । धनराज गुरुङलाई यस्तो नठानिदिनुस्, कृपया गरेर नेता साथीहरुले की भात खाँदा गाँसमा ढुंगा पर्याे भने धनराज त्यत्ति लाटो छैन की ढुंगासँगको गाँस सुलुक्क निलिहाल्छ यसले । यो नठान्नुस्, ढुंगा परेको छ भने गाँस फाल्छ । मैले सरकारको भरिया भएर संसदमा विधेयकको भारी बोकेको हो । साथीहरुलाई भाग पाउँदा खालि गरिदिए भन्ने साथीहरुको छ भने तयार छु, केही छैन, पद भनेको आउँछ जान्छ, धनराजको लागि पद आशक्ति भइरहनुपर्छ भन्ने छैन ।’

उपसभापति गुरुङले निर्वाचनको टिकट दिनेकुरा लाइभ गरेर हिने हो की होइन भन्दै प्रश्न गर्नुभयो । उहाँले पार्टीलाई जनताको काँग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । सभापति बदल्ने कुरामा भन्दा आफू बदलिने कुरामा लाग्ने बताउनु भयो ।