९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजापरिषद् र कांग्रेस आई जस्तो बन्ने भयौं भनेर कार्यकर्ता निराश छन् – महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराशाको व्यापार गर्नेहरूका कारण पार्टीका तल्लो पंक्तिका कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । कांग्रेस पहिलो पार्टी बन्दा पनि कार्यकर्ताको मनोभाव जन्तीको जस्तो नभइ फुटबल हारेको टोलीको जस्तो रहेको उनले टिप्पणी गरे । ​

‘गाउँदेखि शहरका युवा कहिले पहिला नेपाल छाड्ने भन्ने प्रतिस्पर्धामा छन् । जो बाहिर गयो खुसी छ, जो देशमा छ उ दुखी छ । ठूलो उद्योग गरेको मान्छेदेखि कोही खुसी देख्निन, मानिस निराश देख्छु । होप मरेको जस्तो, विश्वास छैन’ थापाले भने, ‘निराशाको व्यापार गर्नेहरू वरिपरि छन, ती छट्टू छन् । यो नैराश्यबाट नेपाली कांग्रेसीलाई बाहिर निकाल्नु आजको आवश्यकता हो ।’

देश अप्ठेरो अवस्थामा पुगेको बेला सभापति शेरबहादुर देउवाले गुटभन्दा माथि उठेर काम गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।




भर्खरै