९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस रामेछापका जिल्ला अध्यक्ष बस्नेत सिंगो टिमसहित एमालेमै फर्किए



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा नै फर्कनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्कनु भएको हो ।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले बस्नेतलाई एमालेमा स्वागत गर्नुभयो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुहुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताउनुभयो । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको उहाँले सुनाउनुभयो ।

एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि कांग्रेसको पिछलग्गु भएर केबल एमालेलाई समाप्त पार्नको लागि मात्र माधव नेपाल लागेकोले सो पार्टीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उहाँले प्रष्ट पार्नुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरु लगायत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।