२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्यहरुले जनस्तरमुखी कार्यक्रममा जोड दिनुपर्ने धारणा राख्नुभएको छः मिन विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले काँग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश सांसदहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय समितिको पाँचौ दिनको बैठकमा केन्द्रिय सदस्यहरुले यस्तो धाराण राखेको नेता विश्वकर्माले बताउनुभएको हो । उहाँले आजको बैठकमा ३४ जना सदस्यहरुले बोल्नुभएको र किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुलाई पनि काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने धाराणा राख्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेपाली काँग्रेसको पाँचौ दिनको बैठक बस्यो । बैठकमा आज ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नुभयो । अधिकांश साथीहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर जानुपर्छ भन्ने धारणा राख्नुभएको छ । किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुलाई पनि काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्छ भन्ने धारणा उठेको छ । कार्यसमितिले यसलाई सम्बोधन गर्नेछ ।’

बैठकपछि बोल्दै नेता गोपालमान श्रेष्ठले चुनावका कारण केन्द्रिय समितिको बैठक बस्न केही ढिलो भएको बताउनु भयो । उहाँले पार्टीमा अब विवाद गर्नु नहुने बताउँदै सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै चुनावहरुले गर्दा बैठक अलि ढिलो भयो, त्यति मात्रै हो । तर कार्यसम्पादनको बैठक भइरहेको थियो । पार्टीमा अब विवाद गर्ने काम नै छैन, फाइदा नै छैन, सबै एक भएर लाग्नुपर्छ । आफ्नो आफ्नो खिचडी पकाउने कुरा बेग्लै हो तर पार्टीलाई पर्दा, अर्को विपक्षसँग पर्दा जनतामा जाँदा एक भएर जानुपर्छ ।’

बैठकपछि बोल्दै पार्टीकी सहमहामन्त्री डिना उपाध्यायले महामन्त्री गगनकुमार थापाले ल्याउनुभएको कार्यक्रममा सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो । उहाँले बैठकमा नेताहरुले दिएका सुझावलाई पनि आत्मसाथ गरेर पार्टीले सबै तहका नेता, कार्यकर्ताहरुको वितृष्णा सम्बोधन गर्नेगरी अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय सदस्यहरुले पार्टी सभापति मात्र नभइ सबै पदाधिकारीहरुको आलोचना गर्नुभएको हो । सचिवालय राम्रोसँग किन चलेन, समयमा किन बैठक बसेनन् भनेर ? पार्टीलाई कसरी लैजाने भन्ने सुझाव दिनुभएको छ । पार्टी महामन्त्रीले ल्याएको प्रश्तावमा आएका सुझावलाई समेटेर त्यसको कार्यान्वयन देशभर गर्नेगरी अघि बढ्नुपर्छ । पार्टीप्रति तल्लो स्तरका साथीहरुमा वितृष्ण आएको कुरा छ, त्यस्ता गुनासा समेट्ने गरी कार्यक्रम लैजाने गरी अघि बढ्नेछाँै ।’

बैठकपछि बोल्दै नेता आनन्द ढुंगानाले केन्द्रिय सदस्यहरुले पार्टीमा कसैलाई दबाब नदिएको बताउनु भयो । उहाँले केन्द्रिय सदस्यहरुले राखेका सुझावलाई समेटेर महामन्त्री थापाले राख्नुभएको कार्यक्रम पारित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा कसैलाई दबाब दिइएको छैन । हामीले केही संशोधन राखेका छाँै त्यसमा केही समेटेर पारित हुनेछ ।’

नेता ढुंगानाले पार्टीका केन्द्रिय सदस्यहरुका सुझावहरुलाई समेटेर जनस्तमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।