२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनमाथि करिश्माको कटाक्षः ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो



अ+ अ-

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई गरेको जरिवानामाथि टिप्पणी गरेकी छन् ।

अभिनेत्री मानन्धरले महानगरले ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदिएको बताएकी हुन् । जथाभावी पोस्टर टाँसेको भन्दै महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको थियो ।

फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै अभिनेत्री मानन्धरले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।