१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ ।

फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना तिराइएको महानगरले जनाएको छ ।

यस्तै, महानगरभित्र जथाभावी पोष्टर टाँस्न नपाइने भन्दै त्यसबारे सचेत रहन आग्रह समेत गरेको छ ।