• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सांसद बिकास कोषको रकम रोक्न माग गर्दे सर्वोच्चमा रिट दायर



काठमाडौं । सांसद बिकास कोषका नाममा सांसदहरुका लागि बिनियोजन गरिएको रकम रोक्न माग गर्दै सर्वोच्च अदातलतमा रिट दर्ता भएको छ ।

अधिवक्ता राधिका खतिवडा सहित अन्य तीनजनाले दायर गरेको रिटमा संसदको काम नीति बनाउने भएपनि बिकासका नाममा कार्यकर्तालाई पैसा बाढ्न यो कार्यक्रम ल्याईएको दाबी गरिएको छ ।

अधिवक्ता खतिवडाकले भन्नुभयो “अर्को चुनाब जसरी पनि जित्नु पर्छ भन्ने मानसिकताका साथ गलत मनसायले जनताले कर तिरेको पैसाको चरम दूरूपयोग गर्दै आब २०८० ०८१ को बजेटमा सासद बिकास कोषको नाममा बाडिएको १ निर्वाचन क्षेत्रमा ५ करोड रकम को बिरतण गैर कानूनी भएकोले रिेट दायर गरेका हौ ।”