९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० अन्तर्राष्ट्रिय खेल खेल्ने चौथो भारतीय बन्दै कोहली, यस्तो छ ५०० खेलको रेकर्डहरु



अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीच भोलिदेखि सुरु हुने दोस्रो टेष्ट खेल भारतीय स्टार विराट कोहलीको करियरको ५०० औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

विराट यो माइलस्टोन पुग्ने भारतका चौथो र विश्वका १० औं खेलाडी बन्नेछन् । विराट ठ्याक्कै ५०० खेल खेलेर सबैभन्दा धेरै रन बनाउने स्टारको सूचीमा नम्बर १ हुने पक्का छ ।

विराट कोहली ५ सय खेलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बन्ने छन् । उनले ४९९ खेलमा सचिन तेन्दुलकर, रिकी पोन्टिङ, महेला जयवर्धने, सनथ जयसूर्या र ज्याक कालिस जस्ता महान ब्याट्सम्यानलाई पछाडि छोडेका छन् ।

कोहलीले अहिलेसम्म २५ हजार ४६१ रन बनाएका छन् । उनले ५३.४८ को औसतमा २५ हजार ४६१ रन बनाएका छन्, जुन अन्य कुनै पनि लिजेण्डभन्दा धेरै हो । यसअघि अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले ५०० खेलमा २५०३५ रन बनाएका थिए ।

कोहलीको ब्याटबाट अहिलेसम्म ७५ शतक बनिसकेका छन् । सचिन तेन्दुलकरले पनि ५०० खेलमा यति नै शतक बनाएका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ ५०० क्लबमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । (यो रेकर्ड विराटबाट तोडिँदैछ) उनले ४७.९५ को औसतमा २५०३५ रन बनाएका छन् । पोन्टिङले ६८ शतक बनाएका थिए । उनी ५ सय खेलमा २५ हजारभन्दा बढी रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बने ।

क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकर ५ सय क्लबमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान हुन् । उनले ५ सय खेलमा ७५ शतक बनाएका छन् । सचिनको नाममा २४ हजार ८७४ रनको औसत ४८.४८ रहेको छ ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान ज्याक कालिसको ५०० क्लबमा उत्कृष्ट औसत रहेको छ । आफ्नो ५०० औं खेल सम्म, कालिसले ५०.२८ को औसतमा रन बनाए । उनले ६० शतक सहित २४ हजार ७९९ रन बनाएका थिए ।

५०० क्लबमा आवद्ध भएका भारतीय प्रशिक्षक राहुल द्रविड सबैभन्दा नटआउट रहे । उनी ७२ पटक नटआउट रहे । द्रविडले ५०० खेलमा ४५.५७ को औसतमा २३६०७ रन बनाएका छन् । द्रविडको नाममा ४७ शतक छ ।

श्रीलंकाका कुमार संगकारा ५०० क्लबमा बायाँ हाते सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ५०० खेलमा ४४.७३ को औसतमा २२५९२ रन बनाएका छन् । संगकाराको नाममा ४७ शतक थियो ।

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी ५०० क्लबको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा छन् । धोनीले ५०० खेलपछि १६३३० रन बनाएका थिए । उनले ४५.११ को औसतमा रन बनाएका थिए । यी खेलमा धोनीले १६ शतक मात्रै बनाउन सकेका थिए ।

५०० क्लबको प्रदर्शन हेर्दा यो क्लबमा सबैभन्दा खराब प्रदर्शन पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीको रहेको देखिन्छ । उनले ५०० खेलमा ११ शतक सहित मात्र २४.३२ को औसतमा १०,८९९रन बनाए ।