२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलिना राईको स्वरमा ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक



अ+ अ-

काठमाडौं । ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन रहेको छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ ।

भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीत र भिडियो स्रोतारदर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग र माया पाउनेमा आशावादी छौं’, अजय र रञ्जिले भन्नुभयो ।