९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलिना राईको स्वरमा ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक



अ+ अ-

काठमाडौं । ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन रहेको छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ ।

भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीत र भिडियो स्रोतारदर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग र माया पाउनेमा आशावादी छौं’, अजय र रञ्जिले भन्नुभयो ।