काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बैठकको लागि बोलाएका छन् ।
देउवाले भोलि सोमबार दिउँसो २ बजे निजि निवास धुम्बाराहिमा केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफलका लागि बोलाएका बताईएको छ ।
बैठकले केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्ने तयारी गरेको एक पदाधिकारीले जानकारी दिए । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो ।