२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडी बढ्ला भन्नेकुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । उहाँले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसमा सरकारलाई आर्थिक दायित्व नपर्ने र लिबरल आर्टलाई अलि नयाँ ढंगले पढाउँछौँ भनेर आउनुभएको छ भने लिबरल आर्ट जरुरी छ । किनभने अहिले लिबरल आर्ट भनेको डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ । आर्टको केही पक्ष पढाउनुपर्छ । किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन ।’

‘मानविय हुनुपर्छ । मानविय बनाउने विषय लिबरल आर्ट हो । त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ । तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडी बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडी बढ्ला अलिकती शंका गर्ने ठाउँ छ ।’

उहाँले लिबरल आर्ट सम्बन्धी कलेजहरुको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

 




भर्खरै