५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारमा विकासको मुहानै फुटेको देख्न पाए: गणेश पराजुली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्तिप्रति सरकारको ध्यानाकषण गरे ।

असारमा चक्रपथको सर्भिस ट्रयाकमा ढलका पाइप बिछ्याउँदै गरेको, रातदिन पानी परिरहेका बेलामा पनि धमाधम कालोपत्रे गरेको देखिएको सांसद पराजुलीले बताए । उनले भने, ‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह गर्दछु । हो सभामुख महोदय, ६ वटै महिनाको नाम नै असार राखिदिऔं भनेको हो । असार महिना लागेदेखि मैले मेरो निर्वाचन क्षेत्रसहित देशका सबैतिर विकासको मुहानै फुटेको देख्न पाएँ । असार सक्कित गयो, गाड्दा गाड्दै गरेको ढल, जोड्दा जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो । वर्षाको सिजनमा पानी पन थालेपछि गरेको कालोपत्रे बगायो, वाल भत्कियो, पानीले बाटो फेरि खाल्डै खाल्डो बनायो ।’