१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न  महामन्त्री शर्माको माग



अ+ अ-
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।”
हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पुर्‍याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री शर्माले भन्नुभयो । महामन्त्री शर्माले आजै नयाँ वानेश्वरमा ट्रेड युनियन कांग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर रहेको गुठीसँग सम्बन्धित समस्या समाधानका निम्ति आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौँ भन्छौँ र किसानलाई न्याय दिन्छौँ भन्छौँ तर जसले पुस्तौँदेखि जमिन जोतीरहेको छ,  तर आज पनि उनीहरुको जमिन दर्ता हुन सकेको छैन ।” सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उहाँले उल्लेख गर्नुभयो ।
सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ, उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामकीय असक्षमता हो ।” उहाँले नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता औँल्याउनुभयो । रासस