• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बालकोट र टिकाथली जोड्ने पुल उद्घाटन



ललितपुर । महालक्ष्मी नगरपालिकाले १ करोड ४८ लाख रुपैयाँ लागतमा भक्तपुर जिल्लाको बालकोट र ललितपुर जिल्लाको टिकाथली (चांगााथली) जोड्ने ढुंग्रे खोलामा पक्की पुल बनाएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ७ को पहलमा गत वर्षको पुसदेखि बनाउन शुरु गरिएको सो पुल सात महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो ।

विगतमा साँघुरो र एउटामात्र सवारी साधन चल्ने कच्ची खालको पुरानो पुल भत्काएर ९ मिटर चौडाईको पक्की पुल बनाएपछि भक्तपुरको कौशलटारदेखि बालकोट, चांगाथली हुँदै ललितपुरको पुरानो सांस्कृतिक शहर लुभुसम्म जाने बाटो छोट्टिएको छ ।

अब कौशलटारदेखि लुभुसम्म मोटरसाईकल या हलुका सवारी साधनमा १० मिनेटमै पुग्न सकिन्छ । यो सडक कौशलटारदेखि लुभु जोड्ने वैकल्पिक मुल सडक हो ।

नवनिर्मित पक्की पुलको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले शनिबार विहान रिबन काटेर उद्घाटन गरे भने उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन, सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले बोलेका थिए ।

१० मिटर लम्बाई तथा ९ मिटर चौडाई र ६० टन तौल क्षमताको सो पक्की पुलमा शनिबार उद्घाटन गरिएपछि हलुका सवारी साधन आगावमन खुल्ला गरिएको छ भने बढी तौलका ट्रिपर र ट्रक लगायतका सवारी साधन भने भदौ १ देखिमात्र चलाउन पाइने वडा कार्यालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष छिरिङ्ग लामा, २ का अध्यक्ष ध्रुव खत्री, ५ का अध्यक्ष कपिल केसी, ८ का अध्यक्ष धर्म श्रेष्ठ, ९ का अध्यक्ष जयकृष्ण बोगटी तथा १० का अध्यक्ष विजय लामा पनि उपस्थित थिए ।

सोही अवसरमा नगरप्रमुख श्रेष्ठले महालक्ष्मी नगरापलिका वडा नं ७ को चांगाथली क्लवदेखि वडा नं ५ को टिकाथली सिमानामा पर्ने गोदावरी खोलासम्मको ७ सय ७० मिटर लम्बाई तथा २२ फिट चौडाईको कालोपत्रे सडकको पनि उद्घाटन गरे । सो सडक महालक्ष्मी नगरपालिकाले हालै कालोपत्रे गरेको थियो ।