• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आजदेखि



काठमाडौँ । आजदेखि जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा विस्तार हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुरसम्म रेल सञ्चालन हुने भएको हो । झण्डै २४ वर्ष अघि महोत्तरीको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो ।

भारतमा शासक रहेको अंग्रेजले महोत्तरीको जंगलबाट साखुको काठ ढुवानीका लागि सञ्चालन गरेको रेल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरा सम्मको ५१ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । रेल सेवा थप १७ किलोमिटर दूरीमा सञ्चालनका लागि शुभारम्भ गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दिनुभयो ।

जयनगरबाट जनकपुरधामको कुर्थासम्म गत ०७८ चैत २० गतेदेखि ३५ किलो मिटरमा रेल सञ्चालन हुँदै आएको छ । यसअघि न्यारोगेज रेल्वे पनि विजलपुरसम्म सञ्चालनमा थियो । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछन् । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको बिजलपुराबाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ ।

जयनगर हुँदै जनकपुरधामबाट साँझमा बिजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । कुर्थादेखि बिजलपुरासम्म दुईवटा स्टेशन र दुईवटा हल्ट छन् । अहिले पुरानै जनशक्तिलाई व्यवस्थापन गरी सेवा विस्तार गरिएको उनले बताए । एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । वि।सं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । रेलवे सञ्चालनको १५ महिना बितिसक्दा पनि मालवाहक बोगी जोडिएको छैन् ।