२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आजदेखि



अ+ अ-

काठमाडौँ । आजदेखि जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा विस्तार हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुरसम्म रेल सञ्चालन हुने भएको हो । झण्डै २४ वर्ष अघि महोत्तरीको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो ।

भारतमा शासक रहेको अंग्रेजले महोत्तरीको जंगलबाट साखुको काठ ढुवानीका लागि सञ्चालन गरेको रेल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरा सम्मको ५१ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । रेल सेवा थप १७ किलोमिटर दूरीमा सञ्चालनका लागि शुभारम्भ गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दिनुभयो ।

जयनगरबाट जनकपुरधामको कुर्थासम्म गत ०७८ चैत २० गतेदेखि ३५ किलो मिटरमा रेल सञ्चालन हुँदै आएको छ । यसअघि न्यारोगेज रेल्वे पनि विजलपुरसम्म सञ्चालनमा थियो । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछन् । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको बिजलपुराबाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ ।

जयनगर हुँदै जनकपुरधामबाट साँझमा बिजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । कुर्थादेखि बिजलपुरासम्म दुईवटा स्टेशन र दुईवटा हल्ट छन् । अहिले पुरानै जनशक्तिलाई व्यवस्थापन गरी सेवा विस्तार गरिएको उनले बताए । एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । वि।सं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । रेलवे सञ्चालनको १५ महिना बितिसक्दा पनि मालवाहक बोगी जोडिएको छैन् ।