१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीन भेन्चर्सको साधारणसभामा हंगामा, एजेण्डाहरु परित हुन सकेनन्



अ+ अ-

काठमाडौं । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा विवाद उत्पन्न भएको छ । सभामा सेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन सकेनन् । सेयरधनीहरुले विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामा कम्पनीले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनी मध्येबाट १ जना र स्वतन्त्र संचालक १ जनाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो ।

संचालकहरुले सेयरधनीहरुलाई हेपेर पव्लिक कम्पनीको नीति नियमलाई लात हान्दै आफूखुसी सर्वसाधारण संचालक नियुक्ति गरेको भन्दै विरोध जनाएका थिए । संचालकको निर्वाचन प्रकृयामा सेयरधनीले निर्वाचनका लागि तोकिएको अवधिभित्रै आवेदन दिन कम्पनीमा जाँदा कम्पनी सचिवले उम्मेदवारी दर्ता गराउन कम्पनीको कम्तीमा ५ हजार कित्ता सेयर खरिद गरेको हुनु पर्ने भन्दै सेयरधनीलाई थर्काएर थिए ।

रजिष्ट्रर कार्यालयकाअनुसार पब्लिक कम्पनीको संचालक समितिको उम्मेदवारी दिन एक सय कित्ता सेयर हुनु पर्ने कानूनमा व्यवस्था छ । तर सचिवले आफूखुसी नियम बनाएर संचालक नियुक्तिमा सिन्डिकेट लगाएको आरोप सेयरधनीको छ । सभामा भत्ता बृद्धिको तीन महले प्रस्तावसहित नआई मौखिक रुपमा आएको भन्दै यो एजेण्डा पनि पारित हुन सकेन ।

करिव ५ घण्टा चलेको साधारणसभामा संचालक र सेयरधनीबीच भनाभन भएको थियो । सभामा कर्मचारी र सेयरधनीबीच हात हालाहालको अबस्था आएको थियो । सभामा कर्मचारीले सेयरधनीको आवाज दवाउन खोजेपछि सेयरधनी र कम्पनीका कर्मचारीबीच हात हालाहाल भएको हो । हात हालाहाल हुँदा एक जना सेयरधनी सामान्य घाईते भएका छन् । घाईते सेयरधनीको औलामा चोट लागेको छ ।

होहल्ला सामान्य भएपछि प्रस्ताव गरिएका एजेण्डाहरुमध्ये दुई एजेण्डाबाहेक अरु एजेण्डा पारित भएको सुनाउँदै आजको ३ महिनाभित्र साधारणसभा गर्ने बाँचा गर्दै कम्पनीका अध्यक्ष सुभाषचन्द्र संघई सभाहलबाट बाहिर निस्केका थिए । कम्पनीको संचालकमा अध्यक्ष सुभाष चन्द्र संघई, संचालकहरुमा त्रिलोकचन्द्र अग्रवाल, विरेन्द्रकुमार संघई, गोविन्दलाल संघई र अनुज अग्रवाल रहेका छन् ।