२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक व्यवस्थालाई अक्षरश: पालना गरे नेपालमा शैक्षिक क्षेत्रले फड्को मार्छ: उपराष्ट्रपति



file photo
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरश: पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ ।

शुक्रवार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संवैधानिक व्यवस्था गरेको बताउनु भयो । उहाँले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानूनबमोजिम नि:शुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्ति, समाज र समग्र मुलुककै विकास र समृद्धिको स्तर, त्यस देशले उपलब्ध गराएको शिक्षको अवस्था र गुणस्तरले निर्धारण गर्छ । त्यसैले त आधुनिक राज्य प्रणालीमा प्रत्येक राज्यले आफ्ना नागरिकका लागि देशको मुल कानूनमै शिक्षा सम्बन्धी निश्चित अधिकारको व्यवस्था गरेको हुन्छ । जसलाई मौलिक अधिकारका रुपमा लिइन्छ ।

नेपालमा पनि प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संवैधानिक व्यवस्था छ । अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानूनबमोजिम नि:शुल्क पाउने हक हुने व्यवस्था गरेको छ । यी संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरश: पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्नेछ । मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भुमिका निर्वाह गर्नुपर्छ ।’

उपराष्ट्रपति यादवले नेपालमा आदिकवि भानुभक्त आचार्यको देन महत्वपूर्ण रहेको बताउनु भयो ।