२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ: सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरु तयार हुनुपर्ने बताउनु भयो । उहाँले एशियन गेमको बारेमा युवा तथा खेलकुद मन्त्रालयसँग खाका समितिमा जानकारी गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट छैन भनिन्छ तर फिर्ता गर्छौं, यो संस्कृति कहिलेसम्म रहन्छ ? त्यसका लागि चुनौति के हुन्, हामीले के सहजीकरण गर्नुपर्छ । यो संस्कृति बदल्नुपर्छ, हामी जनताका लागि, देशका लागि भन्ने तर किन जिम्मेवार बन्न नसक्ने, बजेट छैन भन्ने तर खर्च किन हुन नसक्ने ? अब बजेट खर्च भएन भने त्यसको जिम्मेवारी कसले लिने, दण्डित हुने की नहुने ? एशियन गेमको कुरा छ, यसको तयारी के छ ? यसको खाका मन्त्रालयसँग हुनुपर्छ । यसमा विवाद छ भनिन्छ, कमी कमजोरीको छलफल गर्न सहज हुन्छ ।’

उहाँले युवाहरुले स्वामित्व लिनसक्ने गरी कार्यकारी अधिकारसहितको युवा परिषद्को निर्माण गर्ने कुरालाई मन्त्रालयले नेतृत्व गर्नुपर्ने बताउनु भयो ।