• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित ★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन ★   रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो  ★   साउदीमा हजयात्रीलाई हैरानी, हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव

अमेरिकी डलर र श्रीलंकन रुपीसहित एक जना पक्राउ



काठमाडौँ । यही असार २५ गते भिस्तारा एयरको उडानमार्फत काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका एक अमेरिकी नागरिकलाई अमेरिकी डलर र श्रीलंकन रुपीसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायले बताएको छ ।

विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको चेकजाँच गर्ने क्रममा अमेरिकी नागरिक केभिन विस्ली फिलिप्सलाई ३८ हजार अमेरिकी डलर दुई लाख ६९ हजार ३५० श्रीलंकन रुपी लुकाइछिपाई अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको विमानस्थलको प्रहरीले जनाएको छ ।

त्यसैगरी यही असार २६ गते एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका भारतीय नागरिक शिवमकुमार सैनीलाई सोही स्थानमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलर ९ हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको जनाइएको छ ।