• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

अमेरिकी डलर र श्रीलंकन रुपीसहित एक जना पक्राउ



काठमाडौँ । यही असार २५ गते भिस्तारा एयरको उडानमार्फत काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका एक अमेरिकी नागरिकलाई अमेरिकी डलर र श्रीलंकन रुपीसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायले बताएको छ ।

विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको चेकजाँच गर्ने क्रममा अमेरिकी नागरिक केभिन विस्ली फिलिप्सलाई ३८ हजार अमेरिकी डलर दुई लाख ६९ हजार ३५० श्रीलंकन रुपी लुकाइछिपाई अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको विमानस्थलको प्रहरीले जनाएको छ ।

त्यसैगरी यही असार २६ गते एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका भारतीय नागरिक शिवमकुमार सैनीलाई सोही स्थानमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलर ९ हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको जनाइएको छ ।