१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव

विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव
अ अ+ अ-

काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन्। २०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र उद्दारको कर्तव्यबोध तथा स्वयमसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरुलाई प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो।

एकीकृत समाजवादीका नेता डा। गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र उनीहरुको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिनुभयो।

त्यस्तै, भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढंग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताउनु भयो।

माओवादी केन्द्रका नेता सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताउनु भयो।

यसैगरी, एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयम सेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत–साधन र दलहरुले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औंल्याउनु भयो।

छलफलमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालिन योजना बनाउँदा पनि दलहरुसँग छलफल गर्न सुझाव दिनुभयो।

दलका प्रतिनिधिहरुको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक होस् या प्राकृतिक विपद्मा एकजुट हुने नेपालका दलहरुको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयम सेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरुको योगदान महत्वपूर्ण हुने अपेक्षा राख्नुभयो। दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिनुभएको सुझाव ग्रहण गर्दै मन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन पनि त्यो फोरम प्रभावकारी हुने बताउनु भयो।