११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो 

रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो 
अ अ+ अ-
विराटनगर, २४ जेठ स् कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिकीकरण गर्दै उहाँले प्रहरी सङ्गठनबिना अपराधरहित समाज परिकल्पना गर्न नसकिने बताउनुभएको हो । उहाँले प्रहरी सङ्गठनलाईं समयसापेक्ष सुदृढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।
रातारात धन कमाउने चाहनाले समाजमा अपराध हुने गरेकाले यस्ता  अपराध रोक्न सचेतनामूलक भिडियो निकै फलदायी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “प्रहरी छ भनेर नै हामी शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छौँ ।”
महिला बेचविखनको घटना निकै निन्दनीय भएको उहाँको भनाइ थियो । “समाजले नरुचाएको र नचाहेको विषयमा प्रहरी गम्भीर बन्नुुपर्छ”, मन्त्री राईले भन्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ्गले प्रहरी सङ्गठन अपराध नियन्त्रण गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजलाई सचेत गराउन सकिने सूचना, समाचार वा भिडियो प्रहरीले आफ्ना मोबाइलबाट सामाजिक सञ्जालमा व्यापक शेयर गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “समाजमा एक जनालाई पनि सचेत गराउन सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।”
प्रहरी उपरीक्षक सुमन तिमल्सेनाले फरक कोणबाट अपराध गरे पनि प्रहरीको अनुसन्धान र कारबाहीबाट भाग्न नसक्ने सन्देश भिडियोमार्फत दिनुभएको छ । १० मिनेटको सो भिडियोमा प्रलोभनमा पारी युवायुवतीलाई कसरी दलालले जालमा फसाउँछ र ती दलाललाई समात्न प्रहरी कसरी सफल हुन्छन् भन्ने विषय प्रस्तुत गरिएको छ । रासस