• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय



काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भारत, अमेरिका, कतार, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी बन्न भारत भ्रमणमा जाने निर्णय समेत गरेको छ ।

प्रवक्ता रेखा शर्माका अनुसार सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने, मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूचि बमोजिमका ५२ रोगहरुलाई संक्रामक रोगमा सूचिकृत गर्ने गरेको छ ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्युले भारतका प्रधानमन्त्रीज्युको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गर्नुभएको छ । जानको लागि आवश्यक टोली निर्माण गर्ने ।

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूचि बमोजिमका ५२ रोगहरुलाई संक्रामक रोगमा सूचिकृत गर्ने ।

जीवनाषक विषादी सम्बन्धी नियमावली पारित भएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत गरिएको छ ।

सरकारले जीवनाषक विषादी सम्बन्धी नियमावली पारित गरेको छ । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।