१२ माघ २०८१, शनिबार
January 25, 2025 Saturday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.39

Wind: 4.63

Humidity: 55

Latest
अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको छ: महासचिव पोखरेल कांग्रेस-एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम दिएको छ : मुख्यमन्त्री कार्की ओली र देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन: मन्त्री गुरुङ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफलाई कांग्रेस शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन ‘राइट टु प्रोटिन’ हाफ म्याराथनः सन्तोषी र राजन प्रथम युक्रेनको विषयमा वार्ताका लागि रुस तयार माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै आजको बैठकमा पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ ।

गत वर्षको साउनमा बैठक बसेपछि आजसम्म बैठक बस्न सकेको थिएन । झन्डै एक वर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।

बैठक अघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ । बैठकले महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि एक गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।