• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा ★   क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता ★   देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट ★   अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो ★   टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दै, शीर्ष नेताको छलफलले बैठकमा एजेण्डा तय गर्ने



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ ।

बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डा बारे छलफल गरे पनि एजेण्डाको अन्तिम रुप दिन नसकेको बताइएको छ ।

उक्त छलफलमा देउवाले पुन: बुधबार बिहान बस्ने गरी अनौपचारिक छलफल राख्नुभएको थियो । “बुधबार बिहान नेताहरुको अनौपचारिक छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा थाहा हुन्छ”, कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।

प्रत्येक २ महिनामा एकपटक बस्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बोलाइएको छ । बैठकमा नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता तथा कार्यअवधि, तिन तहका सरकारको कामको समीक्षा, अभियान लगायतमा छलफल हुने नेताहरुले बताउँदै आएका छन् ।