२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्छी धुर्बे, राजु मास्टरलगायत कलाकारविरुद्ध मुद्दा दर्ता, एक वर्ष कैदको मागदाबी



अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सट्टेबाजी गर्ने वेबसाइट तथा एप्लिकेसन वानएक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेललगायतविरुद्ध मुद्धा दर्ता गरेको छ ।

कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा(जिडी), बेगम नेपाली (भटभटे माइला), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा, पिके भाइन्स (पवन खतिवडा) विरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दा ४० लाखसम्म लिएको बताइएको छ । उनीहरुविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो ।

प्रहरीले एक जना युट्युबरलाई पनि फरार प्रतिवादी बनाएको छ। मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

त्यस्तै, कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई भने सट्टेबाजी गराएको आरोपमा प्रमुख अभियुक्तको रूपमा पेश गरिएको छ । उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरिएको छ ।