• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’

पाकिस्तानले दियो विश्वकप बहिष्कार गर्ने धम्की



एजेन्सी । भारतमा अक्टोबर ५ देखि सुरु हुने एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको सहभागितामा शंका कायमै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २७ जुनमा हुने विश्वकपको तालिका सार्वजनिक गरिसकेको छ । भारत र पाकिस्तानबीचको प्रतिष्ठित खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । यसबाहेक पाकिस्तानले आफ्नो लिगका ८ खेल चार सहर हैदरावाद, बैंगलोर, चेन्नई र कोलकातामा खेल्नुपर्नेछ ।

तर, यसैबीच पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले विश्वकप बहिष्कार गर्ने धम्की दिएका छन् । उनले भने– ‘म चाहन्छु कि भारतले एसिया कपको खेल तटस्थ स्थानमा खेल्ने माग त्यागेस्, अन्यथा हामी पनि विश्वकप खेल्न भारत जानेछैनौँ ।’

इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा मजारीले भने – ‘प्रधानमन्त्री शाहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टो जरदारीको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेका छन् । मसँग जम्मा ११ मन्त्री छन् । पाकिस्तानले भारतमा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने विषयमा छलफल गर्नेछौं । हामीले हाम्रो सुझाव प्रधानमन्त्रीलाई पठाउने छौं । त्यसैका आधारमा पाकिस्तानी क्रिकेट टोलीलाई विश्वकपमा पठाउने अन्तिम निर्णय प्रधानमन्त्रीले गर्नेछन् ।’

एसियाली क्रिकेट काउन्सिलले विश्वकपअघि एसिया कप श्रीलंका र पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको छ । यसअन्तर्गत पाकिस्तानमा प्रतियोगिताका ४ खेल मात्र हुनेछन् । बाँकी ९ खेल श्रीलंकामा हुनेछन् ।