१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग मन्त्रीद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।

शुक्रबार बिहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गर्नु भएको हो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद शर्मालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने मान्यताका साथ आफु अघि बढेको भन्नु हुदै मन्त्री रिजालले सुधारको काम गर्न आफु कटीबद्ध रहेको बताउनु भयो । त्यसैगरी समयमा नै कार्यालयमा उपस्थित हुने कर्तब्य राष्ट्रसेवक कर्मचारीहरुको भएको बताउनु हुदै मन्त्री रिजालले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा समेत व्यक्त गर्नु भयो ।

मन्त्री रिजालले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।